Tuesday, April 01, 2025

Breaking News

Friday, April 10, 2015

‘कोहिनुर’ को अमेरिकामा प्रदर्शनीः नायक श्रेष्ठलाई ‘अमर तारा’ उपाधि दिइने


काठमाडौँ, चैत २७ – नेपाली चलचित्र ‘कोहिनुर’ को संयुक्त राज्य अमेरिकामा प्रदर्शनी सुरु भएको छ ।
‘अमेरिकन नेपाल टेलिभिजन’ ले संयोजन गरी अमेरिकाको एटलान्टाबाट यही चैत २० गतेदेखि कोलोराडो, एटलान्टा र क्योरोलिनामा प्रदर्शन थालिएको हो । नेपाल केवल टेलिभिजन महासङ्घले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठले अमेरिकामा बस्ने नेपालीले सो चलचित्र प्रदर्शनको माग गरेपछि आफूहरुले त्यसको व्यवस्थापन गरेको र निकट भविष्यमै बोस्टन, न्युयोर्क, पेन्सनभेनियालगायत ठाउँमा पनि प्रदर्शनी गरिने बताए ।
टेलिभिजनका उपाध्यक्ष नवराज श्रेष्ठले उक्त चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिसहित सो टेलिभिजनले आउँदो वैशाख १३ गते अमेरिकामा सम्मान गर्न लागेको जानकारी दिए । सो उपाधि श्रीकृष्णकी श्रीमती तथा चलचित्रका नायिका श्वेता खड्काले ग्रहण गर्ने बताइएको छ । नायिका खड्कासहित चलचित्र नृत्य निर्देशक वसन्त श्रेष्ठसमेत हाल अमेरिकामै छन् ।
सन् २०११ मा अमेरिकाको भर्जिनियामा स्थापित सो टेलिभिजनले नेपाली भाषामा समाचार, चलचित्र, मनोरञ्जन, ज्ञानविज्ञान, खेलकुद, साहित्य, कला, संस्कृतिलगायत कार्यक्रम निर्माण गरी क्यानडा, अस्टे«लिया, बेलायतलगायत देशमा नियमित प्रसारण गर्दै आएको छ ।
केवल टेलिभिजन महासङ्घका अध्यक्ष राधेश्याम लेकालीले सो टेलिभिजनले आफ्नो संस्थासँग सहकार्य गरी नेपालमा पनि छिट्टै प्रसारण गर्ने गृहकार्य भइरहेको जानकारी दिँदै त्यसले अमेरिकामा बसोबास गर्ने नेपालीका आफन्तलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

No comments:

Post a Comment

Designed By Published.. Blogger Templates