Wednesday, April 02, 2025

Breaking News

Friday, April 10, 2015

जनावरमा पनि हुन्छ मन, महिलालाई श्रद्धान्जली दिन भुस्याहा कुकुरको भीड


मानिसको मृत्युमा शोक जनाउन तथा अन्तिम श्रद्धान्जली दिन आफन्त र शुभेक्षुक भेला हुन्छन् । तर मेक्सिकोकी एक महिलाको अन्त्येष्टिमा उनीप्रति श्रद्धान्जली अर्पण गर्न केवल मान्छेमात्र उपस्थित भएनन् उनको घरको आसपासका थुप्रै भुस्याहा कुकुरहरुको भीड लाग्यो ।
युकाटन क्षेत्रकी बासिन्दा मार्गारिटा सुआरेजको अन्तिम संस्कारका बेला ठूलो संख्यामा भुस्याहा कुकुरहरु अनपेक्षित रुपमा भेला भएपछि सबै अचम्ममा परे ।
अघिल्लो महिला देहत्याग गरेकी सुआरेज जनावरप्रेमी थिइन् । आफ्नो जिवनकालमा सबै जनावरप्रति निकै 
दयाभाव तथा सेवाभाव देखाएकी उनले हरेक बिहान भुस्याहा कुकुर तथा बिरालोहरुलाई खान दिन्थिन् । जसका कारण उनको घर अगाडिको सडकमा थुप्रै कुकुर बिरालोहरु जम्मा हुन्थे । उनी यताउता हिँड्दा समेत झोलामा खाना बोकेर हिँडि्थन् र भुस्याहा कुकुर देख्ने बित्तिकै खाना दिइहाल्थिन् ।
सायद आफुलाई यस्तो माया गर्ने जिवनदायिनी आमाको मृत्यु भएको सबै भुस्याहा कुकुरहरुले थाहा पाएछन् । कुकुरहरु लर्को लागेर उनको शव राखिएको शवगृहमा पुगे ।
शवगृहका कर्मचारीहरु धेरै कुकुरहरु आएको देखेर छक्क परे । कहिल्यै नदेखिएका कुकुरहरु एकाएक जम्मा भएको उनीहरुले बताए ।
पछि मृतक महिलाको जनावरप्रेमको बारेमा थाहा पाएपछि ती कुकुरहरु उनीप्रति श्रद्धा अर्पण गर्न आएको ठानी सबै कुकुरहरुलाई भित्र छिरी महिलाको शव भएको ठाउँमा जान दिइयो । कुकुरहरु भित्र छिरे र महिलाको शव राखिएको ठाउँ नजिकै पुगेर भुइँमा चुपचाप बसे । सायद कुकुरहरु आफ्नी आमाको मृत्युमा शोक मनाइरहे ।
उनको शवको अन्त्येष्टि नगरिएसम्म कुकुरहरुले त्यहाँ छाडेनन् र मार्च १५ मा भएको अन्त्येष्टिपछि मात्र फर्किए । मार्गारिटाका छोरी प्याटि्रसियाले आमाको अन्त्येष्टिको दिन कुकुरहरु शोकमा केहीबेर उफ्रिएको दृश्य आफुले देखेको बताउँछिन् ।

No comments:

Post a Comment

Designed By Published.. Blogger Templates