Breaking News
Showing posts with label amazing news. Show all posts
Showing posts with label amazing news. Show all posts

Wednesday, May 20, 2015

जमिनमुनिबाट पानी निस्किँदा स्थानीयमा त्रास


झापाको विर्तामोडमा जमिनबाट एक्कासी पानी निस्किन थालेपछि स्थानीय डराएका छन् । लिटिल फ्लावर स्कूलको दक्षिणतर्फ बस्ती नजिकैको खाली जग्गामा ७-८ ठाउँबाट मूल फुटेर पानी निस्किरहेको छ । 
‘राती पानी परेको थियो । अहिले जमिन मुनिबाट पानी निस्किएर पिँडौलासम्म पुगिसकेको छ,’ इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक संजय रावतले अनलाइनखबरसँग भने, ‘पानी निकासको ठाउँ छैन, त्यहि भएर मानिसहरु डराइराखेका छन् ।
कहिले धेरै र कहिले थोरै मात्रामा पानी निस्किरहेको उनले जानकारी दिए । यसबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको उनले बताए ।
रावतले अनलाइनखबरसँग भने, ‘आज विहानै स्थानीयले बोलाएपछि म पनि गएर हेरें । सिडियो सापलाई जानकारी गराइएको छ । के गर्ने भनेर निर्णय भने भएको छैन ।’
विज्ञहरुलाई बोलाएर सो स्थानको अवलोकन गराउने र दमकलबाट पानी तान्ने की भनेर छलफल भैरहेको उनले जानकारी दिए ।
भूकम्पपछि जमिन फाटेर बिभिन्न ठाउँमा पानी निस्किएको छ । काठमाडौं उपत्यकाका सुकेका ढुंगेधाराहरुमा पनि भूकम्पपछि पानी आउन थालेको छ ।

Read more ...

Saturday, May 2, 2015

भूकम्पको पीडा सहन नसकी आत्महत्या

१९ वैशाख, काठमाडौ । सिन्धुपाल्चोकको गोल्छे गाविसकी एक महिलाले भूकम्पको पीडा सहन नसकी आत्महत्या गरेकी छन् ।
गोल्छे गाविसका ४५ वर्षीय गोपी सार्कीकी पत्नीले स्थानीय बली खोलामा हामफालेर आत्महत्या गरेको स्थानीय आरम्भ सिलवालले जानकारी दिए । उनको घर भत्किएको छ । भूकम्पले घर भत्किएपछि पीडा सहन नसकी उनले आत्महत्या गरेको स्थानीयले बताए ।
उनका श्रीमान र दुई छोरी छन् । उनीहरू गाउँमै घाइते अवस्थामा रहेको सिलवालले जानकारी दिए ।
सिन्धुपाल्चोक भूकम्पले अति प्रभावित जिल्ला हो । जिल्लाका सबै गाविसमा भूकम्पले क्षति पुर्याएको छ

Read more ...

Friday, April 10, 2015

जनावरमा पनि हुन्छ मन, महिलालाई श्रद्धान्जली दिन भुस्याहा कुकुरको भीड


मानिसको मृत्युमा शोक जनाउन तथा अन्तिम श्रद्धान्जली दिन आफन्त र शुभेक्षुक भेला हुन्छन् । तर मेक्सिकोकी एक महिलाको अन्त्येष्टिमा उनीप्रति श्रद्धान्जली अर्पण गर्न केवल मान्छेमात्र उपस्थित भएनन् उनको घरको आसपासका थुप्रै भुस्याहा कुकुरहरुको भीड लाग्यो ।
युकाटन क्षेत्रकी बासिन्दा मार्गारिटा सुआरेजको अन्तिम संस्कारका बेला ठूलो संख्यामा भुस्याहा कुकुरहरु अनपेक्षित रुपमा भेला भएपछि सबै अचम्ममा परे ।
अघिल्लो महिला देहत्याग गरेकी सुआरेज जनावरप्रेमी थिइन् । आफ्नो जिवनकालमा सबै जनावरप्रति निकै 
दयाभाव तथा सेवाभाव देखाएकी उनले हरेक बिहान भुस्याहा कुकुर तथा बिरालोहरुलाई खान दिन्थिन् । जसका कारण उनको घर अगाडिको सडकमा थुप्रै कुकुर बिरालोहरु जम्मा हुन्थे । उनी यताउता हिँड्दा समेत झोलामा खाना बोकेर हिँडि्थन् र भुस्याहा कुकुर देख्ने बित्तिकै खाना दिइहाल्थिन् ।
सायद आफुलाई यस्तो माया गर्ने जिवनदायिनी आमाको मृत्यु भएको सबै भुस्याहा कुकुरहरुले थाहा पाएछन् । कुकुरहरु लर्को लागेर उनको शव राखिएको शवगृहमा पुगे ।
शवगृहका कर्मचारीहरु धेरै कुकुरहरु आएको देखेर छक्क परे । कहिल्यै नदेखिएका कुकुरहरु एकाएक जम्मा भएको उनीहरुले बताए ।
पछि मृतक महिलाको जनावरप्रेमको बारेमा थाहा पाएपछि ती कुकुरहरु उनीप्रति श्रद्धा अर्पण गर्न आएको ठानी सबै कुकुरहरुलाई भित्र छिरी महिलाको शव भएको ठाउँमा जान दिइयो । कुकुरहरु भित्र छिरे र महिलाको शव राखिएको ठाउँ नजिकै पुगेर भुइँमा चुपचाप बसे । सायद कुकुरहरु आफ्नी आमाको मृत्युमा शोक मनाइरहे ।
उनको शवको अन्त्येष्टि नगरिएसम्म कुकुरहरुले त्यहाँ छाडेनन् र मार्च १५ मा भएको अन्त्येष्टिपछि मात्र फर्किए । मार्गारिटाका छोरी प्याटि्रसियाले आमाको अन्त्येष्टिको दिन कुकुरहरु शोकमा केहीबेर उफ्रिएको दृश्य आफुले देखेको बताउँछिन् ।

Read more ...

अर्कैसँग विहे गरेको भन्दै काकीले काटिदिइन् लिंग


धनुषा एकराही–४, निवासी ३२ वर्षीया निलमदेवी पासवानले आफ्नै भतिजाको लिंग काटिदिएकी छन् ।
पहिलेदेखि शारीरिक सम्बन्ध राख्दै आएको २४ वर्षीय दिलीप पासवानले अर्कैसँग बिहे गरेको झोंकमा निलमले बिहीबार बिहान चाकुले लिंग काटिदिएको प्रहरीले जनाएको सुरेश यादवले आजको नागरिक दैनिकमा लेखेका छन् ।
‘चार छोराछोरीकी आमा निलम र दिलीपबीच धेरै पहिलेदेखि सम्बन्ध रहेछ,’ एक प्रहरी अधिकृतले भने, ‘दिलीपले कोहीसँग बिहे नगरुन् भन्ने चाहन्थिन् तर, गत फागुन २९ गते उनले बिहे गरेपछि त्यसैको झोँकमा यो घटना भएको देखिन्छ ।’
बिहीबार बिहान करिब तीन बजे निलमले दिलीपलाई आफ्नो घरमा बोलाएर शारीरिक सम्बन्ध राखेको र त्यसपछि चाकुले दिलीपको लिंगै काटिदिएको प्रहरीले बतायो । घटनालगत्तै जनकपुर अञ्चल अस्पताल पुर्याकइएको उनको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको छ ।
निलमलाई पक्राउ गरी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर भागिरथ रेग्मीले जनाए। उनलाई ज्यान मार्ने उद्योग तथा शरीर अंगभंगसम्बन्धी मुद्दामा कारबाही हुने रेग्मीले बताए । निलमका श्रीमान् तीन वर्षदेखि वैदेशिक रोजगारमा बाहिर छन् ।
यसअघि गत फागुन ८ गते यस्तै घटना जनकपुर–१७ लोहनामा भएको थियो । श्रीमान् वैदेशिक रोजगारमै रहेको लोहनाकी २८ वर्षीया चञ्चलादेवी मण्डलले आफ्नै भतिजा २६ वर्षीय रामदेव मण्डलको लिंग काटिदिएकी थिइन् ।
पहिलेदेखि आपसमा सम्बन्ध रहेको उनीहरुबीच पनि रामदेवले अर्को बिहे गर्न नपाउने शर्त हुँदाहुँदै बिहे गरेपछि प्रतिशोधमा उक्त घटना भएको थियो। अहिले चञ्चला ज्यान मार्ने उद्योग तथा अंगभंगसम्बन्धी मुद्दाको पुर्पक्षका लागि सिन्धुली कारागारमा छिन् ।
Read more ...
Designed By Published.. Blogger Templates