Breaking News

Wednesday, May 20, 2015

जमिनमुनिबाट पानी निस्किँदा स्थानीयमा त्रास


झापाको विर्तामोडमा जमिनबाट एक्कासी पानी निस्किन थालेपछि स्थानीय डराएका छन् । लिटिल फ्लावर स्कूलको दक्षिणतर्फ बस्ती नजिकैको खाली जग्गामा ७-८ ठाउँबाट मूल फुटेर पानी निस्किरहेको छ । 
‘राती पानी परेको थियो । अहिले जमिन मुनिबाट पानी निस्किएर पिँडौलासम्म पुगिसकेको छ,’ इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक संजय रावतले अनलाइनखबरसँग भने, ‘पानी निकासको ठाउँ छैन, त्यहि भएर मानिसहरु डराइराखेका छन् ।
कहिले धेरै र कहिले थोरै मात्रामा पानी निस्किरहेको उनले जानकारी दिए । यसबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको उनले बताए ।
रावतले अनलाइनखबरसँग भने, ‘आज विहानै स्थानीयले बोलाएपछि म पनि गएर हेरें । सिडियो सापलाई जानकारी गराइएको छ । के गर्ने भनेर निर्णय भने भएको छैन ।’
विज्ञहरुलाई बोलाएर सो स्थानको अवलोकन गराउने र दमकलबाट पानी तान्ने की भनेर छलफल भैरहेको उनले जानकारी दिए ।
भूकम्पपछि जमिन फाटेर बिभिन्न ठाउँमा पानी निस्किएको छ । काठमाडौं उपत्यकाका सुकेका ढुंगेधाराहरुमा पनि भूकम्पपछि पानी आउन थालेको छ ।

Read more ...

Saturday, May 2, 2015

भूकम्पको पीडा सहन नसकी आत्महत्या

१९ वैशाख, काठमाडौ । सिन्धुपाल्चोकको गोल्छे गाविसकी एक महिलाले भूकम्पको पीडा सहन नसकी आत्महत्या गरेकी छन् ।
गोल्छे गाविसका ४५ वर्षीय गोपी सार्कीकी पत्नीले स्थानीय बली खोलामा हामफालेर आत्महत्या गरेको स्थानीय आरम्भ सिलवालले जानकारी दिए । उनको घर भत्किएको छ । भूकम्पले घर भत्किएपछि पीडा सहन नसकी उनले आत्महत्या गरेको स्थानीयले बताए ।
उनका श्रीमान र दुई छोरी छन् । उनीहरू गाउँमै घाइते अवस्थामा रहेको सिलवालले जानकारी दिए ।
सिन्धुपाल्चोक भूकम्पले अति प्रभावित जिल्ला हो । जिल्लाका सबै गाविसमा भूकम्पले क्षति पुर्याएको छ

Read more ...

गोर्खाको वारपाक केन्द्र बनाएर पुनः भूकम्प, थप घर भत्किए

१९ वैशाख, गोर्खा । गोरखाको वारपाकमा केन्द्र बनाएर पुनः अर्को भूकम्प गएको छ । विहान साढे ११ बजे ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । यसको धक्काबाट थप केही घरहरु भत्किएका छन् । 

यसअघि गत शनिबार गोरखाको वारपाकमै ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प जाँदा राष्ट्रिय विपत्ति निम्तिएको छ ।
त्यसको ठिक एकसातापछि पुनः वारपाकमै केन्द्र बनाएर भूकम्प गएको हो । शनिबार नै बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको र ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टर स्कलको भूकम्प गएको थियो ।

एक सातासम्म पटक पटक साना भूकम्प गैरहेका छन् । पटक पटक साना भूकम्प जानु स्वाभाविक भएको भूकम्पविदहरुले बताएका छन् । यसअघि कमजोर भएका भौतिक संरचना साना धक्काहरुले भत्किने भएकाले सचेत रहनुपर्ने उनीहरु बताउँछन् ।

Read more ...

Tuesday, April 28, 2015

बार्सिलोनाले भूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा मौनधारण गर्ने

बार्सिलोना । चर्चित फुटबल क्लब बार्सिलोनाले नेपालमा बिनाशकारी भूकम्पमा परी ज्यान गुमानेहरुको सम्झना गर्दै घरेलु मैदान नाउ क्याम्पमा मौन धाराणा गर्ने भएको छ।


मृत आत्माको चिर शान्तिको कामाना गर्दै क्लबले मंगलबार हुने लिगाको खेल शुरु भन्दा अगाडी नेपाल र नेपालीहरुलाई सम्झना गर्न लागेको हो।
बार्सिलोनास्थित नेपाली कन्सुलर लुईस बेल्बिसले अनलाईनखबरलाई जानकारी दिए ।
बिश्वका चर्चित फुटबल खेलाडी लिओनल मेस्सी सहितको समुहले महाभूकम्पले देश रोईरहेको बेला नेपाल र नेपालीहरुलाई सम्झने भएका छन्।
नेपाली समय अनुसार आज राति पौने १२ बजे बार्सिलोनाले लिगाको ३४ औ खेल गेटाफेसँग खेल्दैछ।
स्पेनको प्रान्तिय सरकार कातोलोनियाले पनि पार्लामेन्टमा बुधबार १ मिनेट मौन धारणाको कार्यक्रम राखेको छ। नेपाली कन्सुलर बेल्बिस सो कार्यक्रममा सहभागी हुने भएका छन्।
नेपालमा आपतकालिन राहत र उद्दारका लागि ५० हजार युरो सहयोग गर्ने घोषणा गरेको थियो। कातोलोनियाका सरकारी अधिकारीहरुले पनि देश नै शोकाकुल हुने गरि घटेको घटना प्रति दुख ब्यक्त गरेका छन्।
Read more ...

Friday, April 10, 2015

जनावरमा पनि हुन्छ मन, महिलालाई श्रद्धान्जली दिन भुस्याहा कुकुरको भीड


मानिसको मृत्युमा शोक जनाउन तथा अन्तिम श्रद्धान्जली दिन आफन्त र शुभेक्षुक भेला हुन्छन् । तर मेक्सिकोकी एक महिलाको अन्त्येष्टिमा उनीप्रति श्रद्धान्जली अर्पण गर्न केवल मान्छेमात्र उपस्थित भएनन् उनको घरको आसपासका थुप्रै भुस्याहा कुकुरहरुको भीड लाग्यो ।
युकाटन क्षेत्रकी बासिन्दा मार्गारिटा सुआरेजको अन्तिम संस्कारका बेला ठूलो संख्यामा भुस्याहा कुकुरहरु अनपेक्षित रुपमा भेला भएपछि सबै अचम्ममा परे ।
अघिल्लो महिला देहत्याग गरेकी सुआरेज जनावरप्रेमी थिइन् । आफ्नो जिवनकालमा सबै जनावरप्रति निकै 
दयाभाव तथा सेवाभाव देखाएकी उनले हरेक बिहान भुस्याहा कुकुर तथा बिरालोहरुलाई खान दिन्थिन् । जसका कारण उनको घर अगाडिको सडकमा थुप्रै कुकुर बिरालोहरु जम्मा हुन्थे । उनी यताउता हिँड्दा समेत झोलामा खाना बोकेर हिँडि्थन् र भुस्याहा कुकुर देख्ने बित्तिकै खाना दिइहाल्थिन् ।
सायद आफुलाई यस्तो माया गर्ने जिवनदायिनी आमाको मृत्यु भएको सबै भुस्याहा कुकुरहरुले थाहा पाएछन् । कुकुरहरु लर्को लागेर उनको शव राखिएको शवगृहमा पुगे ।
शवगृहका कर्मचारीहरु धेरै कुकुरहरु आएको देखेर छक्क परे । कहिल्यै नदेखिएका कुकुरहरु एकाएक जम्मा भएको उनीहरुले बताए ।
पछि मृतक महिलाको जनावरप्रेमको बारेमा थाहा पाएपछि ती कुकुरहरु उनीप्रति श्रद्धा अर्पण गर्न आएको ठानी सबै कुकुरहरुलाई भित्र छिरी महिलाको शव भएको ठाउँमा जान दिइयो । कुकुरहरु भित्र छिरे र महिलाको शव राखिएको ठाउँ नजिकै पुगेर भुइँमा चुपचाप बसे । सायद कुकुरहरु आफ्नी आमाको मृत्युमा शोक मनाइरहे ।
उनको शवको अन्त्येष्टि नगरिएसम्म कुकुरहरुले त्यहाँ छाडेनन् र मार्च १५ मा भएको अन्त्येष्टिपछि मात्र फर्किए । मार्गारिटाका छोरी प्याटि्रसियाले आमाको अन्त्येष्टिको दिन कुकुरहरु शोकमा केहीबेर उफ्रिएको दृश्य आफुले देखेको बताउँछिन् ।

Read more ...

‘कोहिनुर’ को अमेरिकामा प्रदर्शनीः नायक श्रेष्ठलाई ‘अमर तारा’ उपाधि दिइने


काठमाडौँ, चैत २७ – नेपाली चलचित्र ‘कोहिनुर’ को संयुक्त राज्य अमेरिकामा प्रदर्शनी सुरु भएको छ ।
‘अमेरिकन नेपाल टेलिभिजन’ ले संयोजन गरी अमेरिकाको एटलान्टाबाट यही चैत २० गतेदेखि कोलोराडो, एटलान्टा र क्योरोलिनामा प्रदर्शन थालिएको हो । नेपाल केवल टेलिभिजन महासङ्घले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा टेलिभिजनका अध्यक्ष हेमन्त श्रेष्ठले अमेरिकामा बस्ने नेपालीले सो चलचित्र प्रदर्शनको माग गरेपछि आफूहरुले त्यसको व्यवस्थापन गरेको र निकट भविष्यमै बोस्टन, न्युयोर्क, पेन्सनभेनियालगायत ठाउँमा पनि प्रदर्शनी गरिने बताए ।
टेलिभिजनका उपाध्यक्ष नवराज श्रेष्ठले उक्त चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमर तारा’ उपाधिसहित सो टेलिभिजनले आउँदो वैशाख १३ गते अमेरिकामा सम्मान गर्न लागेको जानकारी दिए । सो उपाधि श्रीकृष्णकी श्रीमती तथा चलचित्रका नायिका श्वेता खड्काले ग्रहण गर्ने बताइएको छ । नायिका खड्कासहित चलचित्र नृत्य निर्देशक वसन्त श्रेष्ठसमेत हाल अमेरिकामै छन् ।
सन् २०११ मा अमेरिकाको भर्जिनियामा स्थापित सो टेलिभिजनले नेपाली भाषामा समाचार, चलचित्र, मनोरञ्जन, ज्ञानविज्ञान, खेलकुद, साहित्य, कला, संस्कृतिलगायत कार्यक्रम निर्माण गरी क्यानडा, अस्टे«लिया, बेलायतलगायत देशमा नियमित प्रसारण गर्दै आएको छ ।
केवल टेलिभिजन महासङ्घका अध्यक्ष राधेश्याम लेकालीले सो टेलिभिजनले आफ्नो संस्थासँग सहकार्य गरी नेपालमा पनि छिट्टै प्रसारण गर्ने गृहकार्य भइरहेको जानकारी दिँदै त्यसले अमेरिकामा बसोबास गर्ने नेपालीका आफन्तलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
Read more ...
Designed By Published.. Blogger Templates