Tuesday, April 01, 2025

Breaking News

Wednesday, May 20, 2015

जमिनमुनिबाट पानी निस्किँदा स्थानीयमा त्रास


झापाको विर्तामोडमा जमिनबाट एक्कासी पानी निस्किन थालेपछि स्थानीय डराएका छन् । लिटिल फ्लावर स्कूलको दक्षिणतर्फ बस्ती नजिकैको खाली जग्गामा ७-८ ठाउँबाट मूल फुटेर पानी निस्किरहेको छ । 
‘राती पानी परेको थियो । अहिले जमिन मुनिबाट पानी निस्किएर पिँडौलासम्म पुगिसकेको छ,’ इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक संजय रावतले अनलाइनखबरसँग भने, ‘पानी निकासको ठाउँ छैन, त्यहि भएर मानिसहरु डराइराखेका छन् ।
कहिले धेरै र कहिले थोरै मात्रामा पानी निस्किरहेको उनले जानकारी दिए । यसबारे प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको उनले बताए ।
रावतले अनलाइनखबरसँग भने, ‘आज विहानै स्थानीयले बोलाएपछि म पनि गएर हेरें । सिडियो सापलाई जानकारी गराइएको छ । के गर्ने भनेर निर्णय भने भएको छैन ।’
विज्ञहरुलाई बोलाएर सो स्थानको अवलोकन गराउने र दमकलबाट पानी तान्ने की भनेर छलफल भैरहेको उनले जानकारी दिए ।
भूकम्पपछि जमिन फाटेर बिभिन्न ठाउँमा पानी निस्किएको छ । काठमाडौं उपत्यकाका सुकेका ढुंगेधाराहरुमा पनि भूकम्पपछि पानी आउन थालेको छ ।

No comments:

Post a Comment

Designed By Published.. Blogger Templates