Breaking News

Friday, April 10, 2015

रुकुममा १४ विघा क्षेत्रफलमा लगाइएको लागु औषध अफिम खेती नष्ट


चैत २७ –जिल्ला प्रहरी कार्यालय रुकुमले करीब एक महिनाको अवधिमा चौंध विघाह क्षेत्रफलमा रहेको लागु औषध अफिम खेती नष्ट गरेको छ । अबैध लागुऔषध ओसारपसार कार्यलाई नियन्त्रण गर्ने उद्देश्यले अफिम खेती नष्ट गर्ने अभियानलाई तीव्र पारेको रुकुमका प्रहरी नायब उपरिक्षक गोविन्द थपलियाले जानकारी दिएका छन् ।
जिल्लाको स्याँलापखा, छिबाङ, सिम्ली, चुनबाङ घेत्मा लगायतका विभिन्न गाउँमा खेतबारीमा लगाएको अफिम खेती नष्ट गरिएको प्रहरीले बताएको छ । अफिमको फललाई वरीपरी चिरेर निस्केको चोप लठ्याउने नसाको रुपमा प्रयोग गर्ने गरिन्छ ।
यसको गुनस्तर हेरेर प्रति केजी २० देखी २५ लाख रुपैयाँसम्म विक्री हुने गरेको प्रहरीले अनुमान गरेको छ । रुकुमबाट सप्लाई हुने अफिम नेपालका ठूला शहरदेखि छिमेकी भारत सम्म पुग्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
अबैध लागुऔषधको कारोबार गर्नेहरुले यो तरकारी खेति हो धेरै महंगोमा विक्री हुन्छ भनेर जनतालाई भुक्काएर लगाउन पठाएको प्रहरी उपरिक्षक थपलीयाले बताए । “त्यसको अनुसन्धान भइरहेको छ, कोही गाउँका र कोही बाहिरबाट पनि आएर अफिम खेती गर्न लाइएको पाइयो यसको विषयमा बुझिरहेका छौं उनले भने ।”
अनुसन्धानका क्रममा रहेकाले नाम नभन्ने बताए । एक जनाले एक कट्ठादेखि १० कट्ठासम्म लगाएको र कतिपय गाउँलेहरु त अहिले पनि भागेको बताए । तर, गाउँलेलाई कारबाही नहुने भन्दै लागुऔषध माफियालाई कारवाही गर्ने प्रहरीले बताएको छ । प्रहरीले दिएको विवरणअनुसार अहिले सम्म ५०/६० जनाको खेतबारीमा लगाएको अफिम नष्ट गरिएको छ । अब एकाध कतै होला खासै नभएको प्रहरीले बताएको छ ।
देशका अन्य जिल्लाको तुलनामा रुकुममा धेरै व्यक्तिहरु अबैध लागुऔषध कारोबारको आरोपमा पक्राउ पर्नेदेखि जेलजीवन समेत बिताइरहेको पाइएपछि यसको नियन्त्रणका लागि पनि आफ्नो पार्टी पनि लागि परेको वैद्य माओवादीका जिल्ला अध्यक्ष हस्तबहादुर केसीले बताए ।
माफियाहरु जनतालाई फसाएर आफुहरु बच्ने गरेका छन् यसका लागि पनि प्रहरीले गहिरो अनुसन्धान थाल्नुपर्ने बताए । प्रहरीले कडाई गरेपछि माफियाहरु प्रहरीको सम्पर्कमा आउने र घुस खुवाउने गर्छन त्यो गर्नु हुँदैन भन्दै जनतलाई चेतना र राज्यले यसका लागि विशेष खालको नीति बनाउनु पर्ने उनले बताए । माफिया संग नमिल्दा सम्म एक दुइवटा पाटामा लागाइएको अफिम खेति नष्ट गर्दै केही नहुने नेकपा माओवादीले बताएको छ ।
उता एकीकृत माओवादि, नेपालीकांग्रेस र नेकपाएमाले पनि यो कार्यलाई सकारात्मक रुपमा लिएको जिल्लाका नेताहरुले बताएका छन् । डिआईजी आएको बेलामा प्रतिबन्धित लागुऔषध अफिम रोक्न अनुरोध गरेपछि प्रहरीले सक्रीयता देखाएको ति दलका नेताहरुले बताएका छन् ।
 

No comments:

Post a Comment

Designed By Published.. Blogger Templates